+
+

‘छक्का पञ्जा ४’को ट्रेलरमा अटाएनन् जीतु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १२:५७

‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै कार्यक्रमका होस्ट जीतु नेपाल र ‘छक्का पञ्जा’ टिमबीच मनमुटावको चर्चा चल्यो । सार्वजनिक कार्यक्रममा एकसाथ देखिएर जीतु र दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलाले सम्बन्ध नबिग्रिएको सन्देश दिन खोजे ।

तर, व्यक्तिगत रुपमा सम्बन्ध नबिग्रिएको सन्देश दिन खोजेपनि व्यावसायिक सम्बन्धबाट भने जीतु र अन्य कलाकार टाढिएका छन् । बलिउड चलचित्र ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकले नेपाली चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर पनि हेर्न पाउँछन् । यो ट्रेलर चलचित्र आउँदैछ भन्ने जानकारी दिनका लागि मात्र खिचिएको हो ।

यो ट्रेलरमा कलाकार जीतु अटाएका छैनन् । ‘छक्का पञ्जा’का तीनवटा सिरिजमा देखिएका जीतु चौथो सिरिजमा भने नदेखिने संकेत यो ट्रेलरले गरेको छ । बरु यसपटक सार्वजनिक ट्रेलरमा दीपाश्री निरौला नै हाबी छिन् । दीपक केदारको कमेडीले दर्शकलाई चलचित्रको प्रतीक्षा गर्न बाध्य बनाउँछ ।

चलचित्रको ट्रेलरको छायांकन नै गरिएको हो । छायांकन नै गरेर तयार पारिएको ट्रेलरमा जीतु नअटाउनुले उनी अब यो टिमसँग छैनन् भन्ने अड्कल लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?