+
+

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १४:२९

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार दिउँसो प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

त्यसका लागि दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । एक भन्दा बढी दलको समर्थन पाएर नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत लिन कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने, उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल हुने र मुख्यमन्त्री पाण्डेले जवाफ दिएपछि मत विभाजन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?