+
+

मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १४:४८
विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल ।

२२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने भएको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए ।

कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । बागमती प्रदेशसभामा विवेकशील साझा पार्टीका ३ जना प्रदेशसभ सदस्य रहेका छन् ।

विवेकशील साझा पार्टीले प्रदेशका मन्त्रालयहरु फुटाएर ठूलो आकारको मन्त्रिपरिषद बनाउन लागेको भन्दै विरोध जनाएको छ ।

‘भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिन जाने हुँदा बैठकले उक्त कार्य नगर्न सरकार लाई खबरदारी गर्ने समेत निर्णय गरेको छ’ पौडेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?