+
+

निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:०७

२२ कात्तिक, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ परेका छन् ।

निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी श्याम अधिकारीका अनुसार जिल्ला अदालतले बबन सिंह ८० वर्ष पुग्नको वृद्ध भएकाले हाजिरी जमानीमा छाडेको बताए । किटानी जाहेरीमा उल्लेखित पूर्वसांसद बादशाह कुर्मी चाहिँ भदौमा सरकारी वकिलको कार्यालयमा हाजिर भएर थप बुझ्दा आउने गरी अदालतले छाडेकाले उनलाई पक्राउ गर्न कानूनी आधार नभएको अधिकारीले बताए ।

अधिकारकर्मीहरुले काठमाडौंमा आएर धर्ना दिएपछि सरकारले प्रकरणको अनुसन्धानका लागि छानविन समिति बनाएको थियो । समितिले दिएको सिफारिसका आधारमा प्रहरीले अनुसन्धान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?