+
+

न्यूजिल्याण्ड विरुद्ध भारतको कप्तानी रोहितले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते २२:५०

काठमाडौं । भारतले न्यूजिल्याण्डसँग १७ नोभम्बारदेखि हुने टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार छनोटकर्ताहरुले कप्तानको जिम्मेवारी ओपनर रोहित शर्मालाई दिएका छन् । टी–२० विश्वकपपछि कप्तानी छाड्ने विराट कोहलीको घोषणाका कारण रोहितले अवसर पाएका हुन् ।

भारतको प्रशिक्षक पदबाट भर्खरै कार्यकाल पूरा गरेका रवी शास्त्रीले पनि रोहित शर्मा नयाँ कप्तानको दाबेदार भएको बताएका थिए । तर बीसीसीआईले तत्कालका लागि मात्र रोहितलाई कप्तान तोकेको छ ।

उनलाई पूर्णकालिन कप्तान बनाउने बारे बीसीसीआईको विज्ञप्तीमा केही उल्लेख छैन ।

बिराटलाई आराम दिइएको छ । विश्वकप टिममा रहेका रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, हार्दिक पाण्डेय र बरुण चक्रवर्ती पनि टोलीमा छैनन् । केएल राहुल उपकप्तान रहेको टोलीमा रितुराज गायकवान्ड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेंकटेश अय्यर, युजवेन्द्र चहल, आर अश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज छन् ।

सिरिजको पहिलो खेल १७ नोभेम्बरमा जयपुरमा हुनेछ । दोस्रो खेल १९ नोभेम्बरमा राँची र तेस्रो २१ नोभेम्बरमा कोलकत्तामा हुनेछ ।

नयाँ मुख्य प्रशिक्षक राहुल द्रविडको प्रशिक्षणमा यो भारतले खेल्न लागेको पहिलो सिरिज हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?