+
+

सेनाका मेजरसँग विवाद भएको होटलका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १०:१०

२४ कात्तिक, धनगढी । कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको छ ।

दुई समूहबीचको झडपमा मारिएका लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरी ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि रावल, उनकी श्रीमती र एकजना छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए । रावलका अर्का छोरा नवीन फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।

प्रहरीकाअनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावलको वादविवाद भएको थियो ।आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो ।

आक्रोशित पीडितका आफन्तले बुधबार बिहान संगम होटलमा तोडफोड गर्ने प्रयास पनि गरेका थिए । तर सम्झाइबुझाइ गरेपछि उनीहरु फर्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?