+
+

उदयपुर-२ मा एमालेको सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १५:१०

२६ कात्तिक, काठमाडौं। नेकपा एमाले उदयपुर–२ मा सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट भएको छ ।

यो क्षेत्रबाट एमालेको ६ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ज्ञानेन्द्र श्रेष्ठ, अम्मर रायमाझी, शैलेश लामा र उद्यवसिंह थापा छनोट भएका छन् । महिलातर्फ भीमकुमारी राउत र कला घले छनोट भएकी छन् ।

१०-१२ मंसिरमा हुने १०औं महाधिवेशनका लागि एमालेको प्रतिनिधि शनिबार टुंगो लाग्दैछ । तर बिहीबारबाटै प्रतिनिधि छनोट शुरु भइसकेको एमालेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment