+
+

तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको आग्रह : प्रधानन्यायाधीश जबरामाथि छानबिन गर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १९:१७

२६ कात्तिक, काठमाडौं । तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरुबारे छानबिन गर्न माग गरेका छन् ।

एमनेष्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमान राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको संकटका कारण नेवालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताएका हुन् ।

अदालतको विश्वसनीयता र स्वचन्त्रता जेगाउन यो संकटको तत्काल समाधान गर्नुपर्ने उनीहरुको जोड छ । ह्युमन राइट वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले भनिन्, ‘नेपालमा मानवअधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्वपूर्ण भूमिका छ, त्यसकारण यो संघट न्याय प्रणाालीका लागि एकदमै चिन्ताजनक छ ।’

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ भने सर्वोच्च अदालतका न्यायाधीशहरुले बेञ्च बस्न अस्वीकार गरेका छन् । आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा भ्रष्ट भएको, विचौलियाको नाइके बनेको जस्ता गम्भीर आरोप लगाएका छन् ।

आईसीजेकी वरिष्ठ अन्तराष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्मा भन्छिन्, ‘न्याय प्रणालीमा जनआस्था र विश्वास पुनस्र्थापना गर्न संविधान बमोजिम प्रक्रिया अपनाएर प्रधानन्यायाधीशमाथि लगाइएका आरोपहरुलाई शीघ्र र प्रभावकारी छानविन गरिनुपर्छ ।’

संविधानको धारा १०१ अनुसार एक चौथाइ सदस्यले यदि महाअभियोगको प्रस्ताव दर्ताा गरेमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएर आधार छ कि छैन भनेर छानविन गर्न सक्छ । आन्दोलनरत नेपाल बारले पनि अदालतको संकटबारे गम्भीर कदम चाल्न दलहरुलाई आग्रह गरेको छ ।

तर सत्तारुढ र प्रतिपक्षी दलहरु अहिलेसम्म मौन छन् र महाअभियोगबारे छलफल नै भएको छैन ।

शुक्रबार विश्वभरका बहालवाला एवं पूर्व न्यायाधीश र कानुनविद्हरु भएको अन्तर्राष्ट्रिय संगठन आईसीजे लगायतले दिएको संयुक्त वक्तव्यले भने नेपालको न्यायपालिकामा देखिएको समस्या अन्तर्राष्ट्रिकरण भएको अधिवक्ता गोविन्द बन्दी बताउँछन् । आईसीजेका पूर्व वरिष्ठ कानुनी सल्लाहकार समेत रहेका बन्दी भन्छन्, ‘अब अरु अन्तराष्ट्रिय संघसंगठनले पनि चासो देखाउन सक्छन् ।’

हेर्नुस् एमनेष्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमान राइट्स वाचले जारी गरेको संयुक्त वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?