+
+

ए डिभिजन लिग जित्ने संकटाको महत्वकांक्षी लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते २१:०९

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्ने महत्वकांक्षी लक्ष्य राखेको संकटा क्लबले आफ्नो टिम सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संकटाले मंसिर ३ गतेदेखि सुरु हुने शीर्ष डिभिजनको फुटबलका लागि रवि शिलवालको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।

टिमको उपकप्तानमा  सरोज दाहाल छन् भने यसअघि लिग खेलिसकेका आधा भन्दा बढी खेलाडी नै यथावत छन् । विदेशी खेलाडीमा अर्नेस्ट थम्पीलाई निरन्तरता दिएको छ भने फोडे फोफाना र यानिकलाई भित्र्याएको छ ।

मुख्य प्रशिक्षककाे रुपमा विष्णु गुरुङलाई नियुक्त गरेको छ । पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगमा विष्णुले केही दिन अघि मात्र एएफसी ए लाईसेन्स प्राप्त गरेका थिए । विष्णुलाई राजकुमार केसीले सघाउनेछन् ।

ईतिहास बोकेको क्फबमा जोडिन पाउँदा खुशी देखिएका विष्णुले प्रशिक्षका रुपमा केही गर्ने चाहना रहेको बताए । ‘ऐतिहासिक क्लब जोडिन पाउँदा गौरवान्वित छु,’ विष्णु गुरुङले भने ।

विष्णुले खेलाडीको रुपमा समेत संकटाबाट खेलिसकेका छन् । १९८०, १९८३ र १९८५ मा गरी तीन पटक लिगको उपाधि जितेको संकटाले यस पटक पनि च्याम्पियन बन्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

क्लबका अध्यक्ष तथा एन्फाका महासचिव ईन्द्रमान तुलाधारले संकटाको टिमवर्क नै जित्ने मुख्य आधार भएको बताए ।

यो पटक लिगका लागि २ करोड लगानी गरेको क्लबका उपाध्यक्ष सुरेन्द्र शिख्राकारले बताए । भन्छन्, ‘हामीले यसपटक च्याम्पियन बन्ने लक्ष्य राखेका छौं । विदेशी खेलाडी पनि राम्रा छन्, राम्रा कोच छन् । त्यसैले च्याम्पियन लक्ष्य बनाएका हौं ।’

संकटाको लिग खेल्ने टिम : 

गोलकिपर : राजाबाबु थापा, रोहित कार्की, अजय महर्जन

डिफेण्डर :  अर्नेस्ट थम्पी, रवि सिलवाल (कप्तान), सरोज दाहाल (उपकप्तान), जनक कोइराला, अमित तामाङ, दिपेन्द्र विक, निरज बस्नेत, रोमन लिम्बु

मिडफिल्डर : रोशन पहारी, जय गुरुङ, सुभाष गुरुङ, लक्ष्मण रुचाल, फोडे फोफाना, टिका राज गुरुङ, समिर बराल

फरवार्ड : दिपेश आले मगर, गणेश हमाल,उत्तम राई, शिर्षक तुलाधर, यानिक

हेड कोच : विष्णु गुरुङ

कोच : राजकुमार केसी

म्यानेजर : राजेश तुलाधर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?