+
+

दिल्लीमा प्रदूषण : केजरीवालले बोलाए आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १४:४९

२७ कात्तिक, काठमाडौं । वायु प्रदूषण गम्भीर बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले आकस्मिक बैठक बोलाएका छन् ।

भारतको सर्वोच्च अदालतले केन्द्र सरकारलाई आपतकालीन योजना ल्याउन भनेको केही मिनेटपछि नै मुख्यमन्त्री केजरीवालले बिग्रँदो वायु प्रदूषणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

दिल्ली सरकारका प्रवक्ताका अनुसार आकस्मिक बैठकमा उप-मुख्यमन्त्री मनिष सिसोदिया, स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, वातावरणमन्त्री गोपा राय र मुख्य सचिव सहभागी हुँदैछन् ।

दिल्लीको वायु प्रदूषण गम्भीर बनेसँगै सर्वोच्च अदालतले शनिबार केन्द्र सरकारलाई गम्भीर प्रश्नहरू सोध्दै तत्काल कदम चाल्न भनेको छ । अदालतले सोधेको एक प्रश्न वायुको गुणस्तरसँग जुध्न केन्द्र सरकारले २ दिने लकडाउन लगाउनेबारे सोचेको छ वा छैन भन्ने रहेको छ ।

केही दिनदेखि दिल्लीको आकाश विषाक्त धुँवा र धुलोले ढाकिएको छ । शुक्रबारमात्रै भारतको प्रदूषण नियन्त्रण बोर्डले नयाँ दिल्लीमा वायुको बिग्रँदो अवस्थासँग जुध्न आपतकालीन उपाय अलबम्बनका लागि तयारी अवस्थामा रहन राज्य तथा स्थानीय निकायलाई अनुरोध गरेको थियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शुक्रबार दिल्लीको भिजिबिलिटी खराब भन्दै गएको र वायु गुणस्तर सूचकांक ४७० पुगेको थियो । यसको अर्थ वायुका कारण मानिसको स्वास्थ्यमा असर पर्छ र बिरामी मानिसलाई झन् गम्भीर असर पर्छ ।

शनिबार दिल्लीको वायु प्रदूषण थप गम्भीर बन्न पुगेको छ । त्यहाँ आज वायु गुणस्तर सूचकांक ५५६ पुगेको छ । योसँगै दिल्ली विश्वमै सबैभन्दा प्रदूषित शहर बन्न पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वका अति प्रदूषित १० शहरमा दिल्लीसहित भारतका ती शहर (कलकत्ता र मुम्बई) परेका छन् ।

प्रतिकूल मौसमी अवस्था, दीपावलीमा भएको आतिसबाजी र वरपर रहेका क्षेत्रका खेतमा पराल पोल्दा दिल्लीसहितका भारतीय शहरमा वायु प्रदूषण खराब बन्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?