+
+

स्वस्तिमाको लोकप्रियताको प्रभाव ‘चपली हाइट ३’लाई कस्तो पर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ११:३१

नेपाली चलचित्रलाई चलायमान बनाउन महत्वाकांक्षी चलचित्रले राम्रो व्यापार गर्नुपर्छ । अहिलेसम्म आधा दर्जन बढी चलचित्रले प्रदर्शन मिति तय गरिसकेका छन् । जसमा नायिका स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको चलचित्र ‘चपली हाइट ३’लाई महत्वपूर्ण मानिएको छ ।

निकेश खड्काले निर्देशन गरेको सस्पेन्स-थ्रिलर यो चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यो चलचित्रमा नायिका स्वस्तिमा खड्काको साथमा सुपुष्पा भट्ट, आमिर गौतम, महेत्र त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । पुस २ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको व्यापारले हलमा नेपाली चलचित्र हेर्नका लागि दर्शक उत्साहित छन् वा छैनन् भन्ने अड्कल लगाउन सकिनेछ ।

बलिउड चलचित्र ‘सूर्यवंशी’ले दर्शक हलमा तानेसँगै सबैभन्दा पहिला अर्जुन कुमारले ‘चपली हाइट ३’को रिलिज मिति तय गरेका थिए ।

विगत केही वर्षयता नेपाली चलचित्र क्षेत्रमा स्वस्तिमाको क्रेज लोभलाग्दो बनेको छ । उनको लोकप्रियताको सकारात्मक प्रभाव ‘चपली हाइट ३’को इनिसियल व्यापारमा पनि पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?