+
+

भिगन : एक अलग खाद्य संस्कृति

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ कात्तिक २८ गते १३:१५

२८ कात्तिक, काठमाडौं । सन् २०११ मा विख्यात क्यानेडियन गायक ब्रायन एडम्स दशरथ रंगशालामा आयोजना गरिएको भव्य कन्सर्टमा प्रस्तुति दिन काठमाडौं ओर्लिए । उनको त्यो आगमन सांगीतिक हिसाबमा त विशेष थियो नै, उनले आफैंले भान्से ल्याएको विषयले त्यतिबेला झनै बढी चर्चा पायो ।

२०११ को कन्सर्टका लागि नेपाल आएर एडम्सले आफ्नो कलाको छाप मात्रै छाडेनन् । उनले एउटा ठूलो युवा जमातलाई विशुद्ध शाकाहारी अर्थात् भिगन खाद्य संस्कृतिप्रति आकर्षित गरे । यही कारण २०११ पछि नेपालको युवा पुस्ताको एउटा समूहले पनि मासु एवं मासुसँग जोडिएको कुनै पनि खानेकुरा नखाने भिगन संस्कृति अपनाउन थालेको भिगन इन्टरनेशनल एशोसिएसन नेपालका अध्यक्ष सुरेश शर्मा बताउँछन् ।

प्रेम सृष्टिको एउटा अद्भूत आविष्कार हो । यो केवल मान्छे-मान्छे बीचमा हुने भावनात्मक सम्बन्ध मात्र होइन । मानिस-पशु र पशु-मानिसमा पनि दुईतर्फी प्रेम हुने गर्छ । हामीले परिवारको सदस्य जसरी पाल्ने कुकुर होस् या अन्य चौपायालाई चोट लाग्दा पनि मानिसको मनमा चिसो पस्छ । अर्काे बुझाइमा त्यही हो करुणा । तर त्यही करुणा भुलेर उनीहरुको हत्या कसरी गर्न सकिन्छ । यही करुणाका कारण मांसाहार त्यागेर मान्छे शाकाहार बन्छ । यही करुणालाई गहिराइमा बुझ्नेहरु भिगन बन्छन् ।

मान्छे के कारणले भिगन बन्छ त ? विश्वभरको उदाहरणलाई हेर्ने हो भने एउटा हुन्छ जनावरप्रतिको प्रेम, अर्को शारीरिक स्वास्थ्य र तेस्रोमा पर्यावरणप्रतिको सचेतना । यसमध्ये पनि जनावरप्रतिको प्रेम र शारीरिक स्वास्थ्य मुख्य कारण हो ।

भिगन भन्ने शब्दलाई ठेट नेपाली भाषामा अनुवाद गर्ने शब्द छैन । अंग्रेजीमै पनि २० औं शताब्दीको मध्यतिर जन्मिएको यो शब्दलाई ठेट नेपालीमा कसरी चिनाउने भन्ने स्वयं भिगनहरुकै माझमा पनि टाउको दुखाइको विषय बनेको छ । त्यसैले एशोसिएसनले यसलाई हु-बहु अनुवाद नमिले पनि ‘विशुद्ध शाकाहारी’ भनेर नेपालीकरण गरेको छ । तर, यसले स्पष्ट अर्थ नबोक्ने भएकोले भिगन भन्ने शब्द नै बढी प्रभावकारी हुन्छ भन्ने शर्माको मत छ ।

भिगनको जिन्दगी कति कठिन ?

मासु खानेहरुलाई शाकाहारीको जीवन कठिन लाग्न सक्छ, शाकाहारीलाई भिगनको खानपान । कतिपयले त मुखै फोरेर भन्छन्, शाकाहारी र भिगनले शरीरलाई आवश्यक पौष्टिक तत्व कसरी प्राप्त गर्छन् ? त्यो सबै बुझाइमा आउने फरकपनको दोष हो । तर जन्मैदेखि भिगन बनेकाहरूमा समेत पौष्टिक आहारको कमी देखिँदैन । ‘यो एउटा विकल्प हो,’ शर्मा भन्छन् ‘मांस एवं दुग्धजन्य बाहेकका परिकार खाएर पनि हामी स्वस्थ बन्न सक्छौं भन्ने धेरै उदाहरण छन् ।

मान्छे के कारणले भिगन बन्छ त ? विश्वभरको उदाहरणलाई हेर्ने हो भने एउटा हुन्छ जनावरप्रतिको प्रेम, अर्को शारीरिक स्वास्थ्य र तेस्रोमा पर्यावरणप्रतिको सचेतना । यसमध्ये पनि जनावरप्रतिको प्रेम र शारीरिक स्वास्थ्य मुख्य कारण हो । नेपालको हकमा विशेषगरी शारीरिक स्वास्थ्य र जनावरको प्रेमका कारण भिगन बनेको सुनाउनेहरु धेरै भएपनि यसबारेमा अध्ययन भएको छैन ।

भिगनको विगत

शाब्दिक अर्थलाई केलाउने हो भने शाकाहारी शब्द नै अहिलेका भिगनहरुको लागि उपयुक्त शब्द हो । तर अहिले मासु नखानेहरु सबै शाकाहारी कहलिन थाले । भिगनकै इतिहास केही नयाँ भएपनि शाकाहारीको इतिहास भने आजभन्दा २५०० वर्ष पहिलेसम्म पुग्न सकिन्छ ।

प्राणी साराको सहअस्तित्व र सबै प्रजातिको परोपकारको अवधारणा ईसापूर्व छैटौं शताब्दीमा विश्वभर फैलियो । त्यही समयताका भारत वर्षमा बुद्धले अहिंसाको पाठ सिकाए भने महावीरले साना-साना किराफट्यांग्राहरुको समेत सुरक्षाको वकालत गरे । पशुहिंसाको विरोधसँगै शाकाहारी बन्ने चलन त्यही बेलादेखि शुरु भएको ऐतिहासिक प्रमाण पाइन्छ ।

सोही समयमा ग्रीसमा पाइथागोरस जस्ता विद्वान गणितज्ञहरुले सबै प्रजातिको परोपकारको अवधारणालाई स्थापित गराए । त्यसैले विश्वमा शाकाहारीको इतिहास ईसापूर्व छैठौं शताब्दीदेखि शुरु भयो भन्न सकिन्छ । तर दुग्धजन्य परिकार समेत नखाएर भिगन भन्ने शब्दावलीको पहिलो प्रयोग भने सन् १९४४ मा गरिएको थियो ।

सन् १७३२ मा पेन्सिलभेनियामा भएको एउटा धार्मिक सम्मेलनमा शाकाहारी भोजन र ब्रह्मचार्यको बारेमा चर्चा भयो । १८ औं शताब्दीको अन्त्यमा नै दार्शनिक जेरेमी बेन्थामले जनावरहरुको दुःख पनि मान्छेको जस्तै पीडादायी हुन्छ भन्ने तथ्यमा वकालत गर्न थाले । जसले पश्चिमी मुलुकमा जनावरप्रतिको प्रेमभाव बढ्न थाल्यो र मान्छेहरु शाकाहारी बन्न थाले ।

सन् १८४७ मा बेलायतमा पहिलो भेजिटेरियन सोसाइटीको स्थापना भयो । त्यसको तीन वर्षपछि अमेरिकामा पनि भेजिटेरियन सोसाइटी नामक संस्था खोलियो । सन् १९४४ मा डोनाल्ड वाटसन नामक बेलायती उडवर्करले शाकाहारीहरुले दूध र अण्डा खाएको भन्दै दुग्धजन्य पदार्थ र अण्डा समेत नखानेहरुलाई भिगन भन्ने नयाँ अवधारणा ल्याए । सन् १९४३ मा बेलायतका ४० प्रतिशत जति गाईहरुमा क्षयरोग लागेको थियो । वाटसनले यसलाई आफ्नो विचार फैलाउने मौकाको रुपमा प्रयोग गरे । उनले भिगन खानेकुरा खाँदा दुर्गन्धित खानाबाट बच्न सकिन्छ भन्ने सन्देश फैलाए । यसरी वाट्सनले शुुरु गरेको भिगनको अवधारणालाई सन् २००५ मा उनको मृत्यु हुँदासम्म २ लाख २५ हजार बेलायतीले अवलम्बन गरेको अमेरिकी म्यागाजिन टाइमले उल्लेख गरेको छ ।

अहिले पृथ्वीको कुल जनसंख्या सात अर्बको हाराहारीमा रहेको अनुमान छ । जसमध्ये शाकाहारीको संख्या ३५ करोडभन्दा धेरै रहेको अनुमान गरिन्छ । द इकोनोमिस्ट’ले गरेको अनुमान अनुसार संसारभर १५ लाखको हाराहारीमा भिगनहरू छन्, जो बितेको एक दशकमा ह्वात्तै बढेको बताइन्छ ।

म कसरी भिगन भएँ ?

करिब ९ वर्षको उमेरसम्म म मांसाहारी थिएँ । त्यतिबेला मलाई मासु मन परेपनि खसी काटेको देखेको थिइनँ । एकदिन श्रावण संक्रान्तिको दिन थियो । मैले पहिलोपल्ट घरमा खसी काटेको देखें । त्यो पनि त्यतिबेला देखें जतिबेला मार हानेपछि खसी छट्पटाइरहेको थियो । मेरो मनमा लाग्यो । यसको पनि त पीडा र दुखाइ मान्छेको जस्तै त हो । त्यसपछि म शाकाहारी भएँ ।

अहिले रेस्टुरेन्टहरुमा पनि भिगान मेनु बन्न थालिसकेको छ । काठमाडौं उपत्यकाका ३-४ ठाउँमा त भिगान रेस्टुरेन्ट नै खुलिसकेका छन् । शुरुका केही वर्ष अप्ठेरो महसुस भएपनि अहिले अवस्था सामान्य छ ।

म केही समयपछि वैष्णव गुरुकुलमा अध्ययनको लागि गएँ । श्रीवैष्णव भएकाले गुरुकुलको नियम अरुतिरको तुलनामा कडा थियो । म गुरुमन्त्रबाट दीक्षित भएकोले त्यहाँ झनै कडा नियम पालना गर्नुपर्दथ्यो ।

सन् २०११ पछि नेपालमा पनि भिगन संस्कृतिबारे चर्चा चुलिँदै थियो । पशु अधिकारको लागि हामीले उनीहरुको मासु नखाने मात्रै होइन, साना बाच्छाबाच्छीले आफ्नो आमाको पर्याप्त दूध खान पाउने अधिकार पनि खोस्नु हुँदैन भन्ने तर्क पनि बेजोड रुपमा चल्दै थियो । मेरो मनले पनि त्यसलाई समर्थन गरिसकेको थियो । तर व्यावहारिक रुपमा यो कति सम्भव छ भन्नेमा दुविधा थियो । अझ पर्यटन क्षेत्रमा संलग्न रहेकोले घुमफिर गरिरहनु पर्ने मेरो लागि यो थप जटिल थियो । सन् २०१४ मा भिगन संस्कृतिकै बारेमा दुबईमा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा मैले पनि सहभागी हुने मौका पाएँ । त्यहाँ उपस्थितहरुको खाना संस्कार देखेर यो सम्भव छ भन्नेमा न ढुक्क भएँ । त्यही समयदेखि म मासुजन्य एवं दुग्धजन्य कुनै पनि खानेकुरा खान्न भनेर संकल्प गरेर अघि बढेको छु ।

अहिले रेस्टुरेन्टहरुमा पनि भिगान मेनु बन्न थालिसकेको छ । काठमाडौं उपत्यकाका ३-४ ठाउँमा त भिगान रेस्टुरेन्ट नै खुलिसकेका छन् । शुरुका केही वर्ष अप्ठेरो महसुस भएपनि अहिले अवस्था सामान्य छ । भिगन बन्न गाह्रो छैन ।

नेपाली हिन्दु समाजको हरेक धार्मिक कर्म पञ्चामृतविना सम्पन्न हुँदैन । तर भिगनहरुको सिद्धान्त अनुसार पञ्चामृतमा प्रयोग हुने पाँच अमृतमध्ये ४ वटा दुग्धजन्य पदार्थबाट बन्छ । त्यसैले हामीलाई पूजाआजामा जाँदा समस्या हुन्छ । तर, हामी पूजाआजामा गएर फलफूल वा अरु दुग्धजन्य पदार्थ बाहेकका प्रसाद लिएर फर्किन्छौं ।

के-के खान्छन् भिगनहरु ?

भिगनहरु दशैं-तिहार जस्ता चाडपर्वमा के खान्छन् ? जवाफमा शर्मा भन्छन्, ‘भिगनहरुले खाने अन्न एवं गेडागुडीबाटै सबै परिकार बनाउने गर्छन् । जस्तो, सिताके च्याउबाट भिगन मिट बन्छ, भटमासबाट दूध बन्छ । यसरी दुग्ध एवं मासुजन्य परिबारबाहेक पनि धेरै पौष्टिक परिकारहरु तयार हुन्छन् ।’ नेपाल र विश्वभरका भिगनहरुले खाने परिकारहरु यस्ता छन् ।

– फलफूल तथा तरकारी

– भट्मासको दूध

– नरिवलको दूध

– बदामको दूध

– चामलको दूध

– काजुको दूध

– अन्न तथा गेडागुडी

– ड्राइ फ्रुट्स

– जडीबुटी मसला

– च्याउ

– तोफु

– सेइतान

भिगनहरु के-के खाँदैनन् ?

– मासु एवं मासुजन्य परिकार

– दूध एवं दूधजन्य परिकार

– मह

– मिठाई

भिगन खाद्य संस्कारले मन र शरीरलाई शान्त तुल्याउने विश्वास गरिन्छ । यसको सेवनले शरीरको तौल सन्तुलित राख्नुका साथै शरीरलाई आवश्यक पोषकतत्व प्रदान गर्न मद्दत गर्छ । यसको सेवनले मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम गर्न पनि सहयोग गर्छ भन्ने पोषणविद्हरुको मत छ । यसको सेवनले पाचनतन्त्र दुरुस्त रहने भएकाले पनि भिगन डाइट हामी सबैको लागि एक राम्रो विकल्प बन्दै गएको छ ।

भिगनको पहिरन

भिगनहरु खानेकुरामा मात्रै होइन, पहिरनमा पनि पशुपन्छीजन्य सामग्री प्रयोग गर्दैनन् । उनीहरु छालाको जुत्ता, ज्याकेट, वालेट, झोला केही पनि प्रयोग गर्दैनन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?