+
+

वार्नर टी-२० विश्वकपको उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ५:४०

२९ कात्तिक, काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नर आईसीसी टी-२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् ।

अष्ट्रेलियालाई पहिलो पटक टी-२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी घोषित भए ।

वार्नर र मिचेल मार्शको अर्धशतक मद्दतमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो । आइतबार भएको फाइनलमा वार्नरले ५३ रन बनाएका थिए ।

वार्नरले प्रतियोगिताभर ७ खेल खेल्दा ३ अर्धशतक मदद्तमा २८९ रन बनाएका थिए । सर्वाधिक रन बनाउनेमा वार्नर दोस्रो स्थानमा रहे ।

वार्नरले सुपर १२ मा वेष्ट इन्डिजविरुद्ध अविजित रहेर ८९ रन बनाएका थिए । यस्तै श्रीलंकाविरुद्ध ६५ रन बनाएका थिए । सेमिफाइनलमा पाकिस्तानविरुद्ध अर्धशतक बनाउन एक रनले मात्र चुकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?