
नायक अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो चलचित्र हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको समयमा उनी अभिनित अर्को चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ ।
एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । यो चलचित्रलाई सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ ।
चलचित्रमा अक्षय कुमार शीर्ष भूमिकामा छन् । उनको साथमा पूर्व विश्वसुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4