+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

लाभांश घोषणा : वाणिज्यभन्दा कम छैनन् विकास बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १८:२३
प्रतीकात्मक तस्वीर

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

अधिकांश वाणिज्य बैंकहरुले शेयरधनीहरुका लागि लाभांश घोषणा गरिरहेकै समयमा विकास बैंकहरुले पनि शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका छ । नगद लाभांश २.६७ प्रतिशत समेत गरेर कुमारीले शेयरधनीहरुलाई ८.६७ प्रतिशत लाभांश दिँदैछ । कुमारीभन्दा पनि सनराइज बैंकले थोरै कम लाभांश घोषणा गरेको छ । सनराइजले ६.६५ प्रतिशत बोनस ०.३५ नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ । ‘क’ वर्गका बैंकहरु मध्ये सबैभन्दा कम लाभांश दिनेमा यी दुई बैंकहरु पर्छन ।

यी वाणिज्य बैंक र विकास बैंकहरुको तुलना गर्ने हो भने लाभांश धेरै दिनेमा विकास बैंकहरु नै अघि देखिएका छन् । हालसम्म ५ विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरु सबैको १० प्रतिशतभन्दा बढी लाभांश दिने उल्लेख गरिएको छ । हालसम्म धेरै लाभांश दिने विकास बैंकमा कामना सेवा विकास बैंक दखिएको छ ।

कामना सेवाले १८.५ प्रतिशत बोनस र ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश दिने बताएको छ । अर्को मुक्तिनाथ विकास बैंकले पनि १७.७५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद लाभांश गरी १८.५ प्रतिशत लाभांश दिँदैछ ।

लुम्बिनी विकास बैंकले बोनस शेयर मात्रै १३ प्रतिशत दिँदैछ । यसका अलवा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि १० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

हेर्नुस्, कुन बैंकले कति दिदैछन् लाभांश :

सिनं. बैंकको नाम बोनस नगद कुल लाभांश
कामना सेवा विकास बैंक १८.५ ०.९७ १९.४७
मुक्तिनाथ विकास बैंक १७.७५ ०.९२ १८.५
लुम्बिनी विकास बैंक १३ ०.७१ १३.७१
शाइन रेसुंगा डेभलपमेन्ट बैंक १०.९३ ०.५७ ११.५
सांग्रिला डेभलपमेन्ट बैंक १० ०.५२ १०.५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?