+
+
Shares

लाभांश घोषणा : वाणिज्यभन्दा कम छैनन् विकास बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १८:२३
प्रतीकात्मक तस्वीर

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

अधिकांश वाणिज्य बैंकहरुले शेयरधनीहरुका लागि लाभांश घोषणा गरिरहेकै समयमा विकास बैंकहरुले पनि शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका छ । नगद लाभांश २.६७ प्रतिशत समेत गरेर कुमारीले शेयरधनीहरुलाई ८.६७ प्रतिशत लाभांश दिँदैछ । कुमारीभन्दा पनि सनराइज बैंकले थोरै कम लाभांश घोषणा गरेको छ । सनराइजले ६.६५ प्रतिशत बोनस ०.३५ नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ । ‘क’ वर्गका बैंकहरु मध्ये सबैभन्दा कम लाभांश दिनेमा यी दुई बैंकहरु पर्छन ।

यी वाणिज्य बैंक र विकास बैंकहरुको तुलना गर्ने हो भने लाभांश धेरै दिनेमा विकास बैंकहरु नै अघि देखिएका छन् । हालसम्म ५ विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरु सबैको १० प्रतिशतभन्दा बढी लाभांश दिने उल्लेख गरिएको छ । हालसम्म धेरै लाभांश दिने विकास बैंकमा कामना सेवा विकास बैंक दखिएको छ ।

कामना सेवाले १८.५ प्रतिशत बोनस र ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश दिने बताएको छ । अर्को मुक्तिनाथ विकास बैंकले पनि १७.७५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद लाभांश गरी १८.५ प्रतिशत लाभांश दिँदैछ ।

लुम्बिनी विकास बैंकले बोनस शेयर मात्रै १३ प्रतिशत दिँदैछ । यसका अलवा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि १० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

हेर्नुस्, कुन बैंकले कति दिदैछन् लाभांश :

सिनं. बैंकको नाम बोनस नगद कुल लाभांश
१ कामना सेवा विकास बैंक १८.५ ०.९७ १९.४७
२ मुक्तिनाथ विकास बैंक १७.७५ ०.९२ १८.५
३ लुम्बिनी विकास बैंक १३ ०.७१ १३.७१
४ शाइन रेसुंगा डेभलपमेन्ट बैंक १०.९३ ०.५७ ११.५
५ सांग्रिला डेभलपमेन्ट बैंक १० ०.५२ १०.५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?