+
+

इंग्ल्याण्ड विश्वकपमा छनोट, ह्यारी केनले गरे ४ गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते ९:१९

३० कात्तिक, काठमाडौं । कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा सानमारिनोलाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्ड अर्को वर्ष हुने कतार विश्वकपका लागि छनोट भएको छ ।

युरोपियन छनोटअन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्डले १० खेलाडीमा सीमित सानमारिनोलाई एकपक्षीय रुपमा पराजित गर्दा केन एक्लैले चार गोल गरे ।

१२ मिनेटभित्रै ह्याट्रिक गरेका केनले २७औं, ३२औं, ३९औं र ४२औं मिनेटमा गोल गरेका थिए । चार गोल गरेपछि केन इंग्ल्याण्डका लागि ४८ गोल गर्दै सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा छन् । उनी सर्वाधिक ५३ गोल गर्ने वायन रुनी र सर बबी चार्ल्टन भन्दा मात्र पछि छन् ।

यस्तै ह्यारी मग्वायर, इमिल स्मिथ, ट्रायोन मिङ्स, टमी इब्राहिम र बुकायो साकाले एक एक गोल गरे ।

सान मारिनोका फिलिप्पो फाब्रीले एक आत्मघाती गोल गरे ।

जितपछि समूह आईमा इंग्ल्याण्ड १० खेलबाट २६ अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो ।

यसै समूहको अर्को खेलमा पोल्याण्ड हंगेरीसँग २-१ ले पराजित भए पनि दोस्रो स्थानमा रहेर प्लेअफका लागि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?