+
+

स्विट्जरल्याण्ड विश्वकपमा छनोट, इटलीले प्लेअफ खेल्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते ९:३९

३० कात्तिक, काठमाडौं । स्विट्जरल्याण्ड अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट हुँदा युरो च्याम्पियन इटलीले भने प्लेअफ खेल्नुपर्ने भएको छ ।

युरोपियन छनोटअन्तर्गत सोमबार राति भएको समूह सी को अन्तिम खेलमा स्विट्जरल्याण्ड बुल्गेरियालाई ४-० ले पराजित गर्दै समूह विजेता बन्यो ।

इटली भने नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रह्यो । छनोटको शीर्ष स्थानमा रहने टिम सिधै विश्वकपमा छनोट हुने छ भने दोस्रो स्थानको टिमले प्लेअफ खेल्नुपर्नेछ ।

युरोपका ठूला टिमहरू मध्ये इटलीसँगै पोर्चुगलले पनि प्लेअफ नै खेल्नुपर्ने भएको छ ।

घरेलु मैदानमा स्विट्जरल्याण्डलाई जित दिलाउन । नोह ओकाफोर, रुबेन भर्गास, सेड्रसिक एट्टेन र रेमो फ्रुलेरले गोल गरे ।

जितपछि स्विट्जरल्यान्डले ८ खेलबाट १८ अंक जोड्यो ।

नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटाली भने ८ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?