
३० कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकेको छ ।
यो मूल्य गत वर्ष पुसयताकै सबैभन्दा उच्च हो । सोमबारको कारोबार मूल्यभन्दा प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले महँगो भएको महासंघले जनाएको छ । गत पुस २४ गते प्रतितोला सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो ।
मंगलबार तेजावी सुनको मूल्य ९४ हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनताएको छ । सोमबार तेजावी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार १,२९० रुपैयाँ पुगेको छ । जुन सोमबारको भन्दा १० रुपैयाँले महँगो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4