+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इजिप्टमा ४५ सय वर्ष पुरानो ‘सूर्य मन्दिर’ भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १४:३५

३० कात्तिक, काठमाडौं । इजिप्टमा ४५ सय वर्ष पुरानो मन्दिर फेला परेको छ । प्राचीन मन्दिर उत्खनन् गरेका पुरातत्वविद्ले हराएको ठानिएकामध्येको एक ‘सूर्य मन्दिर’ फेला परेको अनुमान गरेका छन् ।

राजधानी कायरोबाट १२ माइल टाढा अबु घुराबमा रहेको एक मन्दिरमुनि ४५ सय वर्ष पुरानो मन्दिरका भग्नावशेष फेला परेको वार्सास्थित पोलिस एकेडेमी अफ साइन्सेस इन्स्टिच्युट फर मेडिटरेनियन एण्ड ओरियन्टल कल्चर्समा इजिप्टोलोजीका सह-प्राध्यापक मासिमिलियानो नुजोलोले सीएनएनलाई बताएका हुन् ।

यसअघि उक्त स्थानमै पुरातत्वविद्ले सन् १८९८ मा इसापूर्व २४०० सय देखि २३७० देखि शासन गरेका राजा न्युसेराको ‘सूर्य मन्दिर’ फेला पारेका थिए । पछिल्लो उत्खननका क्रममा फेला परेको मन्दिरमाथि सो मन्दिर बनाइएको थियो ।

फेला परेका भग्नावशेषमा न्युसेरापूर्व शासन गरेका राजाहरूको नाम अंकित छाप, प्रवेशद्वारको अंगको रुपमा रहेको चूनढुंगाको स्तम्भ र आधार भाग समेत रहेका छन् ।

त्यस्तै, नुजोलोको टिमले उत्खनन् गरेका वस्तुमा नफुटेका बियर खाने भाँडा (जार) समेत रहेका छन् । नुजोलोका अनुसार केही जारमा विशेष अवस्थामा मात्रै प्रयोग गरिने धार्मिक माटो भरिएको र यी जार इसापूर्व २४५० सय वर्षमा बनाइएका हुन् ।

नुजोलोले सुरुमा पूरै इट्टाले बनेको स्मारक निकै लोभलाग्दो भएको तर न्युसेराले आफ्नै मन्दिर बनाउनका लागि सो स्मारक भत्काएको बताए ।

प्राचीन इजिप्तमा ‘रा’ पनि भनिने सूर्य देवताको नाममा मन्दिर बनाइने र राजाहरूले आफूलाई पृथ्वीमा सूर्यको सन्तान भनेर प्रस्तुत गर्दै आफ्नो शक्तिलाई वैधता दिने गरेको पनि नुजोलोले बताए ।

‘तसर्थ, जीवित राजालाई अप्रत्यक्ष रुपमा देवत्वकरण गर्ने स्थानको रुपमा मन्दिरलाई प्रयोग गरिन्थ्यो’, नुजोलोले भने ।

प्राचीन इजिप्टमा कुल ६ वटा ‘सूर्य मन्दिर’ बनाइएको ऐतिहासिक प्रमाणले देखाउँछन् । र सबै सूर्य मन्दिर अबु घुराब वरपर नै निर्माण भएको बताइन्छ । तर केबल २ वटा मन्दिर मात्रै यसअघि फेला पारिएको छ । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?