+
+
Shares

यो वर्ष कफीको समर्थन मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १४:५७

३० कात्तिक, काठमाडौं । सरकारले स्वदेशी कफीको न्यूनतम समर्थन मूल्य यो वर्ष स्थिर राखेको छ । कोभिडका कारण व्यवसायीहरु मारमा परेको भन्दै कफीको न्यूनतम सर्मथन मूल्य नबढाउने निर्णय गरिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

बोर्डको मंगलबार बसेको बैठकले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य कायम गरेको थियो । जसमा गतवर्षकै मूल्यलाई यस वर्ष घोषणा गरिएको छ ।

‘कोभिडले कफीको व्यवासय फस्टाएको छैन, मूल्य बढाउँदा उनीहरुलाई मार पर्छ भन्ने बुझाइ रह्यो,’ एक अधिकारीले भने, ‘गत वर्ष नै लागतमा २० प्रतिशत मुनाफा राखेर मूल्य घोषणा गरेका कारण पनि यस वर्ष मूल्य बढाइएन ।’ बोर्डले गत वर्षको मूल्यलाई कायम गर्दा फ्रेस चेरी (ताजा फल) ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ कायम भएको छ ।

पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’ लाई प्रतिकिलो ४ सय ५० र बी ग्रेडलाई ३ सय ९७ रुपैयाँ नै कायम गरिएको बोर्डका योजना अधिकृत चन्द्र पुरीले बताए । त्यस्तै, प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’ को कफीलाई प्रतिकिलो १ सय ४८ र ‘बी ग्रेड’ को कफीको मूल्य ९५ रुपैयाँ नै छ । सरकारले मंसिर १ गते १७ औं राष्ट्रिय कफी दिवश मनाउँदै छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?