+
+

सल्यानमा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:४४

काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । समझदारी पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई बैंकले कर्जा उपलब्ध गराउने छ । साथै वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले स्वरोजगारी र उद्यमशीलता विकासमा सघाउने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष केसीले यो कार्यक्रमले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?