

१ मंसिर, काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहेका छन् । अहिलेसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् ।
कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको हुन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।
अहिलेसम्म छनोट भएका १३ टिम
युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स
दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना
आयोजक : कतार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment