
२ मंसिर, काठमाडौं । कोभिड-१९ महामारीका कारण बन्द रहेको काठमाडौं–बैंकक बीचको हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफ बीच बिहीबार मन्त्रालयमा भएको भेटमा यसबारे छलफल भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले काठमाडौं–बैंकक–काठमाडौं रुटमा साताको दुई दिन (सोमबार र शुक्रबार) गर्ने गरी अनुमति पाइसकेको छ ।
भेटमा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोग प्रति धन्यबाद व्यक्त गरेका थिए । उनले लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गरे । मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैंकक जाँदा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।
भेटमा राजदूत भोरासफले लुम्बिनीको विकासका लागि आफ्नो मुलुकले सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया 4