
२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने भएको छ । यसअघि मंसिर ११, १२ र १३ गते हुने तय भएको महाधिवेशन चार दिन पछि सारिएको हो । पहिलो पटक वैशाख २५ देखि २८ गतेसम्म तोकिएको महाधिवेशन पाँच पटकसम्म सरेर मंसिर १५ देखि १७ कायम भएको हो ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रस्तरमा हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन मंसिर ६, ७ र ८ गते हुने भएको छ । देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट २९७० जना महाधिवेशन प्रतिनिधि चयन हुने राप्रपा प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । एउटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।
राप्रपाले गाउँपालिका तथा नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समितिको अधिवेशन भने गरिसकेको छ ।
प्रतिक्रिया 4