+
+

‘शेरशाह’पछि ‘योद्धा’ बन्दै सिद्धार्थ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते ११:५४

३ मंसिर, काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन ।

तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए ।

समीक्षकले पनि निक्कै तारिफ गरेको यो चलचित्रमा काम गरेपछि सिद्धार्थको स्टारडम फेरि चम्किएको छ ।

धर्मा प्रोडक्सनले यो चलचित्र हिट भएपछि सिद्धार्थलाई नै लिएर नयाँ चलचित्रको घोषणा गरेको छ । चलचित्रको नाम ‘योद्धा’ राखिएको छ । यो चलचित्रलाई सागर आँब्रे र पुष्कर ओझाले निर्देशन गर्दैछन् ।

चलचित्रको प्रदर्शन मिति सन् २०२२ को नोभम्बर ११ तारिखलाई तोकिएको छ । धर्मा प्रोडक्सनले चलचित्रसँग जोडिएका अन्य कलाकारको भने घोषणा गरेको छैन ।

तर, यो चलचित्रले पनि राष्ट्रियताको कथालाई नै उठाउने सिद्धार्थको फस्टलुकबाट अनुमान लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?