+
+

१० हजार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १६:४८

३ मंसिर, काठमाडौं । बेलायतको सरकारले नेपालबाट दक्ष स्टाफ नर्सहरुलाई रोजगारी दिने इच्छा व्यक्त गरेको छ । करिब १० हजार नर्सलाई बेलायतमा रोजगारीका लैजानेबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग छलफल अघि बढाएको हो ।

शुक्रबार एक सार्वजनिक कार्यक्रममा श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु बेलायत सरकारसँग छलफल गरिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए । मन्त्रालयका अनुसार बेलायले अनुभवी र दक्ष नर्स मात्रै लैजान चाहेकोले समन्वय भइरहेको अघि बढेको छ ।

तोकिएको तालिम सकेका र अनुभव पुरा गरेकालाई बेलायतमा मासिक  साढे २ लाखभन्दा बढी पारिश्रमिक हुन सक्ने सरकारी अधिकारीको आकलन छ ।

बेलायतसँग श्रम समझदारी भएमा सेवा सुविधा, बीमा, स्वास्थ्योपचार, हवाई भाडा र भर्ति प्रक्रियाका सबै खर्च रोजगारदाताले ब्यहोर्ने व्यवस्था हुने सरकारले बताएको छ । श्रम समझदारीमा छिट्टै सहमति जुटेमा सन् २०२२ भित्रै नर्सहरु बेलायत जाने बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment