+
+

पहिलो खेलमै पेनाल्टी गुमाएका विकासले भने : आई एम सरी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते २१:१३

काठमाडौं । इटलीमा व्यवसायिक फुटबल खेलेका र त्यहाँको युथ टिमबाट खेलिसकेका विकास मेराग्लियाले नेपालको शीर्ष डिभिजनको लिगमा शनिबार पेनाल्टी मिस गरे ।

१३ वर्षपछि नेपाल फर्कँदा उनी जति उत्साहित थिए शहीद स्मारक ए डिभजन लिग खेल्न पनि उति नै उत्साहित थिए । सामाजिक सञ्चालमा पनि उनको त्यो छटपटी देखिन्थ्यो ।

शनिबार विकासले च्यासल युथ क्लबबाट खेल्दै ए डिभिजन लिगमा डेब्यु गरे । ललितपुर डर्बीमा च्यासल थ्री स्टारसंग ३-० ले पराजित भयो । नतिजा च्यासलले चाहे जस्तो रहेन । विकासको लागि त झनै यो खेल बिर्सनलायक बन्यो । विकासले गोल गर्ने सुनौलो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । उनले पहिलो खेलमै पेनाल्टी ‘मिस’ गरे ।

एक गोलले पछि परेको अवस्थामा च्यासलले २५ औं मिनेटमा पेनाल्टी पाएको थियो । थ्रीस्टारका अनन्त तामाङले विकासलाई नै फाउल गरेपछि पाएको पेनाल्टीमा विकास चुके । उनको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

खेलपछि विकासले सामाजिक सञ्जालमा समर्थकसंग माफी मागेका छन् । ‘मलाई थाहा छैन कहाँबाट सुरु गरौँ र मैले यस समयमा के फिल गरिराछु भनेर व्यक्त गर्ने शब्दबारे पनि थाहा छैन’ विकासले फेसबुकमा लेखेका छन्, ‘म मेरो टिम मेम्बर, क्लब र समर्थकहरुसंग आजको खेलको रिजल्टको लागि क्षमा माग्छु । मैले भन्न सक्ने भनेको नै ‘आई एम सरी’ हो ।’

इटलीका खेल्दै आएका विकासलाई च्यासलले विदेशी कोटामा लिगका लागि अनुबन्ध गरेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?