+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लघुवित्तको लाभांश घोषणा : महिलाको सबैभन्दा धेरै, एनआईसीको कमजोर !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते ८:४२

६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही लघुवित्त वित्तीय संस्थाले त साधारण सभा बोलाएर घोषित लाभांश पारित समेत गराइसकेका छन् ।

लाभांश घोषणा गरेका संस्थाहरुमध्ये धेरेले ‘क’ वर्गका वाणिज्य बैंकहरूभन्दा आकर्षक लाभांश शेयरधनीहरुलाई दिने घोषणा गरेका छन् ।

सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस संस्थाले शेयरधनीहरूलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाले ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सबैभन्दा कम भने एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको देखिएको छ । यसले शेयरधनीहरूका लागि यस वर्ष बोनस शेयर नदिने भएको छ । नगद लाभांश जम्मा ५.४१ प्रतिशतमात्रै दिने घोषणा गरेकोमा आइतबार बसेको साधारणसभाबाट पारित समेत भइसकेको छ ।

हेर्नुस्, कुन लघुवित्तले कति दिंदैछन् :

सि.नं.      लघुवित्त संस्थाको नाम       बोनस  नगद  कुल  
१. महिला लघुवित्त वित्तीय संस्था ४७.५ २.५ ५०
२. स्वाभिमान लघुवित्त वित्तीय संस्था ३२.३० १.७० ३४
३. सबैको लघुवित्त वित्तीय संस्था ३१.०५ १.६३ ३२.६८
४. सपोर्ट लघुवित्त वित्तीय संस्था ३० १.५७ ३१.५७
५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था २८ ०० २८
६. लक्ष्मी लघुवित्त वित्तीय संस्था २० ७.३६ २७.३६
७. साधना लघुवित्त वित्तीय संस्था २५ १.३२ २६.३२
८. आशा लघुवित्त वित्तीय संस्था २५ १.३१ २६.३१
९. महुली सामुदायिक लघुवित्त वित्तीय संस्था २६ ०० २६
१०. समता घरेलु लघुवित्त वित्तीय संस्था २० २५
११. स्वरोजगार लघुवित्त वित्तीय संस्था २५ ०० २५
१२. स्वावलम्बन लघुवित्त वित्तीय संस्था १९ २५
१३. डेप्रोक्स लघुवित्त वित्तीय संस्था २० १.०५ २१.०५
१४. मेरो माइक्रोफाइनान्स २० १.०५ २१.०५
१५. नेरुडे लघुवित्त वित्तीय संस्था २१.४८ १.१३ २२.६१
१६. एनएमबि लघुवित्त वित्तीय संस्था २१.५ १.१३ २२.६३
१७. गणपति लघुवित्त वित्तीय संस्था १९ २०
१८. सिभिल लघुवित्त वित्तीय संस्था १९ २०
१९. मिर्मिरे लघुवित्त वित्तीय संस्था २० ०० २०
२०. गुराँस लघुवित्त वित्तीय संस्था १६.९० ०.८८ १७.७९
२१. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था १७ ०० १७
२२. आरएसडिसी लघुवित्त वित्तीय संस्था १० ०.५२ १०.५२
२३. एनआईशी एशिया लघुवित्त वित्तीय संस्था ०० ५.४१ ५.४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?