
६ मंसिर, डोटी । डोटीमा नेपाली कांग्रेसको दुई प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति निर्वाचित भएका छन् ।
प्रदेश सभा (क) मा धर्मराज जोशी र (ख) मा भैरब साउद निर्वाचित भएका छन् । प्रदेशसभा (क) का सभापति जोशीले ३५४ र उनका प्रतिद्वन्द्वी भरतबहादुर कठायतले १७४ मत पाए ।
यस्तै उपसभापतिमा रमेश रोकाया तीन सय २८ र अंक खड्का तीन सय १८ मतका साथ बिजयी भएका छन् । उपसभापति पदका अर्का उम्मेदवार रामचन्द्र ओझा २०२ मत पाएर पराजित भए ।
सचिवमा लक्षीराम कुँवर र नरेश कुमार खड्का बिजयी भएका छन् । कँुवरले तीन सय १० मत र खड्काले दुई सय २३ मत पाए भने पराजित उम्मेदवार राजेश ठगुन्नाले २१२ र कर्ण भाटले १२२ मत पाए ।
सहसचिवमा प्रकाश साउदले तीन सय ३९ र डवल बोगटीले तीन सय २३ प्राप्त गरी विजयी भएका छन् । पराजित उम्मेदवार टेकबहादुर थापाले एक सय ६० मत पाए ।
प्रदेश सभा (ख) सभापति पदमा साउदले २१५ र उनका प्रतिद्वन्दवी १३८ र वुद्धिसागर विनाडीले ११८ मत पाए । उपभापति पदमा भने शेर बहादुर बम र किरण मल्ल निर्विरोध चयन भएका छन् ।
सचिवमा दीपक बोगटी ३७६ र हर्कबहादुर बिष्ट ३३७ मत प्राप्त गरी विजयी भए । सचिवका अर्का प्रत्यासी पदमराज जैशीले १४२ मत ल्याएर पराजित भए ।
सहसचिवमा सोभान रावलले १९७ र डम्मर जोशीले १९१ मत प्राप्त गरी बिजयी भए भने प्रेम जेठाराले १८२, लालबहादुर मल्लले १३९ र कृष्ण कामीले ५४ मत पाएर पराजित भए ।
प्रतिक्रिया 4