
८ मंसिर, काठमाडौं । नेपालगन्ज विमानस्थलको धावनमार्गमा बुधबार साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठोक्किएको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरलाई जहाजले अवतरण गर्ने क्रममा किचेको पाइएको छ ।
यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठोक्किएका थिए ।
बुधबार साँझ स्यालको बच्चा, बिरालो वा खरायो के थियो भन्ने नखुलेको स्रोतको भनाइ छ । अवतरणका क्रममा जहाजमा भने कुनै समस्या आएन ।
काठमाडौं बाट ७० जना यात्रु लिएर नेपालगन्ज पुगेको यो जहाज साँझ ७ः०५ मिनेटमा अवतरण गरेको थियो ।
जनावरको रगत पखालेर उडान नियमित गरिएको छ । अहिले नेपालगन्ज विमानस्थलमा बढीजसो रात्रीकालीन उडान हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4