
९ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनाल र भारतीय कम्युनिष्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटव्युरो सदस्य जोगेन्द्र शर्माबीच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीको विदेश विभाग प्रमुखसमेत रहेका खनाल र शर्माबीच बुधबार नयाँबानेश्वरको एभरेष्ट होटेलमा भेटवार्ता भएको हो ।
करिब दुई घण्टा लामो भेटघाटमा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोग आदिबारे छलफल भएको विदेश विभाग सचिव डा.शंकर खतिवडाले जानकारी दिए ।
भेटमा नेकपा (एकीकृत समाजवादी) पार्टीका विदेश विभागका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4