+
+

पर्सामा दुई वटा ट्रकबाट २७७ बोत्तल लागुऔषध बरामद, चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १४:५७

९ मंसिर, पर्सा । पर्सा प्रहरीले लागु औषधसहित २ वटा ट्रक तथा चार जनालाई पक्राउ गरेको छ ।

ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागेर चेकजाँच गर्दा चालक बस्‍ने सिटमुनि बोराभित्र लागुऔषध भेटिएपछि ट्रकसहित चारैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका-७का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिका-५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका-६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेका छन् ।

प्रहरीले एउटा ट्रकबाट कोरेक्स ५४ बोत्तल र अर्को ट्रकबाट कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोत्तल लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?