+
+

यू-१९ राष्ट्रिय क्रिकेटमा प्रदेश-१ को लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १७:३८

९ मंसिर, काठमाडौं। वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बिहीबार मुलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ७६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा प्रदेश-१ को यो लगातार दोस्रो जित हो ।

प्रदेश-१ ले दिएको २४० रनको उच्च लक्ष्य पछ्याएको कर्णालीले ३८ ओभरमा सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । पहिलो खेलमा लुम्बिनीमाथि शानदार जित हासिल गरेको कर्णालीको यो पहिलो हार हो ।

कर्णालीका लागि रुपक दाहालले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । यस्तै मनिस थापाले ३९ रन जोडे ।

कर्णालीलाई अलआउट गर्न प्रदेश १ का श्रवण किस्कुले सर्वाधिक ४ विकेट लिए । यस्तै लव कामतले ३, गौरव कटुवालले २ र दिपेश कँडेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो ।

प्रदेश १ का लागि विवेक आनन्द मेहताले सर्वाधिक ५३ रन बताए । यस्तै अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, सोनी अन्सारीले २४ तथा दिपक जोशीले २३ रन जोडे ।

कर्णालीका लागि अनुज कुमार चनारा, रुपक दाहाल र सान्दीप जंग शाहीले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?