
१० मंसिर, जनकपुरधाम । प्रहरीले चोरी मुद्दामा फरार रहेका व्यक्ति २२ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका-१ बस्ने मुनिया भनिने कलम हुसैन अन्सारी छन् ।
उनलाई गाउँबाट पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
सर्लाही जिल्ला अदालतको २०५६ साल असार २२ गतेको फैसलाले अन्सारीलाई चोरी मुद्दामा १ महीना कैद र रु ३५ हजार जरिवाना तोकेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सिन्धुली कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4