+
+

श्रद्धाको प्रश्न- महिलाले कहिलेसम्म घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर टारिदिने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १८:११

१० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपूरले महिलाले घरेलु हिंसा सहेर बसेसम्म समाजमा परिवर्तन नआउने बताएकी छन् ।

संयुक्त राष्ट्र संघकी महिला प्रतिनिधि निष्ठा सत्यमसँगको छलफलमा उनले महिलाले हरेक प्रकारका घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर किन टारिदिन्छन् ? भनेर प्रश्न समेत गरेकी छन् । छलफलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रद्धाले आफूमाथि भएका हिंसाका घटना बाहिर ल्याउन महिलाले नै पहल गर्नुपर्ने धारणा राखेकी छन् ।

छलफलका क्रममा श्रद्धा केहीबेर भावुक समेत भएकी थिइन् । उनले भिडियोको अन्तिममा आफूमाथि भएको अत्याचारका घटनालाई महिला आफैंले बाहिर ल्याए मात्रै समाज परिवर्तनको बाटोमा अग्रसर हुने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?