
११ मंसिर, सप्तरी । शनिबार कोशी नदीमा हाम फालेका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम फालेका झापाको दमक नगरपालिका–६ का सुवास नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार नदीमा उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको हो ।
स्वास्थ्यकर्मी नेपाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4