+
+

लैंगिक हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १९:१५

११ मंसिर, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले शनिबार विहान मैत्रीपूर्ण फुटबल खेलेका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरुको संगठन एनएसजेएफले ३-१ को जित निकाल्यो । ३० मिनेटका दुई हाफमा गरी कुल एक घण्टा खेलाइएको खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिएका थिए ।

हाम्रो गोल महिला हिंसाविरुद्धको बोल भन्ने नारासहित खेलिएको खेल महिला अधिकारको पक्षमा लामो समयदेखि काम गर्दै आएको गैर सरकारी संस्था साथी, एनएसजेएफ, नेपालस्थित अस्ट्रेलियाली दुताबास, अस्ट्रेलिया नेपाल अल्मुनाई संघ र एन्फाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

फुटबल नेपालमा सबभन्दा लोकप्रिय खेल भएकाले अभियानको सुरुआत मैत्रीपूर्ण खेलबाट गरिएको साथीकी अध्यक्ष सजनी अमात्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?