+
+

अन्तिम समयमा २ गोल गर्दै बार्सिलोना विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ८:१३

१२ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियाललाई ३-१ ले पराजित गरेको छ । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो खेल जितेको हो ।

मेम्फिस डिपाएर र फिलिप काउटिन्होले अन्तिम दुई मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित हात पारेको हो ।

भियारियालको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४८औं मिनेटमा फ्रेन्की डे जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सामुएल चुकवेजाले भियारियालका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको ८८औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी टाइममा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३-१ ले खेल जितेको हो ।

जितपछि १४ खेलबाट २३ अंक जोडेको बार्सिलोना सातौं स्थानमै यथावत छ । भियारियाल १४ खेलबाट १६ अंकसहित १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?