+
+

कास्की कांग्रेस सभापतिमा संस्थापन निकट बराल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ८:३६

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणमा भएको मतदानमा उनले सभापतिका अर्का प्रत्यासी सुदिपमोहन भट्टराईलाई पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत पाए भने भट्टराईले ९१५ मत पाएका थिए । सभापतिमा विजयी बराल संस्थापननिकट हुन् ।

कास्कीमा पहिलो चरणमा पाँच जना सभापतिको उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि शनिबार फेरि मतदान भएको थियो ।

पहिलो चरणमा सभापतिका लागि बराल र भट्टराईसहित पोषनाथ शर्मा, आइबहादुर गुरुङ र गिरीराज गौतम उम्मेदवार थिए ।

शर्मा, गुरुङ र गौतमले विज्ञप्ति निकालेर दोस्रो चरणमा संस्थापनइतर समूहका उम्मेदवार भट्टराईलाई समर्थन गरेका थिए ।

पहिलो चरणमा बरालले सबैभन्दा बढी मत ६४४ पाएका थिए भने दोस्रो भएका भट्टराईको ४७२ मत आएको निर्वाचन समितिले जनाएको छ । त्यससपछि शर्माले ३३५, गुरुङले ४६२ र गौतमले ६३ मत पाएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बलियो पकड भएको कास्की जिल्लामा संस्थापन समूहले सभापतिमा बाजी मारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?