+
+

ओली नेताहरुसँग परामर्श गर्दै, प्रतिनिधि बन्दसत्रको हलमा कुर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १२:०९

१२ मंसिर, काठमाडौं । आइतबारको बन्दसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई भनेका थिए । तर अध्यक्ष ओली आफैं समयमा बन्दसत्रमा पुगेका छैनन् ।

यो समाचार तयार पार्दासम्म ओली आफू बसेको पार्क सफारी होटलमै छन् । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्न उनी व्यस्त छन् । ओलीलाई भेट्नेहरूको होटलमा भीड लागेको छ । बन्दसत्रको हलमा भने प्रतिनिधिहरू ओलीलाई कुरिरहेका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूका आकांक्षी धेरै भएपछि सहमतिमा पुग्ने प्रयास भइरहेको छ । त्यसैले पूर्वनिर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको ओली निकट नेताहरूले बताएका छन् ।

ओलीले नेताहरूसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन । अध्यक्षमा उम्मेदवारी दिने भीम रावलले अडान कायम राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग संवाद गर्न भ्याएका छैनन् । यद्यपि उनीसँग पनि छलफल गर्ने तयारी भइरहेको एमाले नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?