+
+

यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम १० विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:२९

१२ मंसिर, काठमाडौं । वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताले सुदूरपश्चिमले आइतबार कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले उत्कृष्ट बलिङ गर्दै कर्णाली प्रदेशलाई ६६ रनमा अलआउट गरेको थियो ।

६७ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा विना क्षति ६९ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमको लागि कप्तान खडग बोहराले ४२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन बनाए । यस्तै नरेश भट्टले अविजित १६ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश १६.५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा अलआउट भएको थियो । कर्णालीका लागि प्रकाश जैसीले १५, रमेश बुढाले १२ र रुपक दाहालले ११ रन बनाए ।

कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका लागि आकाश चन्द, नारायण जोशी र शेर मल्लले तीन/तीन विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो । कर्णालीले भने पहिलो खेलमा लुम्बनीलाई हराएको थियो । तर त्यसपछि लगातार तेस्रो हार बेहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?