
१२ मंसिर, काठमाडौं । काठमाडौंमा ‘आईसी डिजाइनर रन वे १०’ आयोजना हुने भएको छ । आगामी पुस ९ गते काठमाडौंको हायात रिजेन्सी होटलमा उक्त फेसन शो हुने आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गर्ने फेसन शोका लागि ३६ मोडल छानिएका छन् । हालै गरिएको अडिसनमार्फत २८ महिला र ८ जना पुरुष मोडल छानिएका हुन् । उनीहरुले ७३ जना डिजाइनरले तयार पारेका विभिन्न पहिरनमा र्याम्पमा उत्रिनेछन् । ७३ जना फेसन डिजाइनर आईसी कलेजका १८ औं ब्याचका पास आउट विद्यार्थी हुन् ।
‘आईसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेशन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुका डिजाइनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको प्रबन्ध निर्देशक अधिकारीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4