+
+

एमालेको निर्वाचन कार्यक्रम : उम्मेदवारी दर्ताका लागि एक घण्टा, भोलि मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २३:३७

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनका लागि सहमतिको प्रयास चलिरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

अध्यक्ष मण्डलले गरेको निर्णयअनुसार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको प्रमुख डा. विजय सुब्बाले जानकारी दिए । निर्वाचन कार्यक्रमअनुसार केहीबेरमा मतदाता नामावली सार्वजनिक हुनेछ भने साति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुरा गरेर राति २ः १० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

निर्वाचन कार्यक्रमअनुसार भोलि विहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । यद्यपि उम्मेदवारहरुको संख्या धेरै भए विद्युतीय भोटिङ मेसिनमा नाम इन्ट्री गर्न समय लाग्ने र ९ बजे मतदान सुरु गर्ने कार्यतालिका प्रभावित हुने निर्वाचन आयोगका प्रमुख सुब्बाले बताए ।

सहमति नभएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाएको हो भन्ने प्रश्नमा उनले भने, होइन, चुनाव भएपनि नभएपनि हामीले यो तयारी गर्नुपर्छ । सर्वसम्मत भयो भने त्यो राजनीतिक निर्णय हुन्छ । निर्वाचनको प्रक्रियामा छिरेर हामीले निर्विरोध घोषणा गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?