+
+

कांग्रेसको धादिङ सभापतिमा रामनाथ अधिकारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ७:४०

१३ मंसिर, काठमाडौं ।  नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् ।अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाए ।

पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् । उनलाई पूर्वकानूनमन्त्री दिलमान पाख्रिनको समर्थन थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलाले साथ दिएका थिए ।

यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए ।

सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् ।

अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment