+
+

कांग्रेसको सुनसरी सभापतिमा भण्डारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ११:३१

१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन् । सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । भण्डारी संस्थापनइतर प्यानलका हुन् ।

सोमबार भएको मतदानमा दुई हजार ६२६ मत खसेको थियो । जसमध्ये भण्डारीले एक हजार ४२२ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ३०९ मत प्राप्त गरे । भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी निभाएका थिए ।

उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?