+
+

विदेशबाट फर्कने यात्रुबाटै अवैध सुन भित्रिरहेको छ : भन्सार विभाग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १९:०७

१३ मंसिर, काठमाडौं । वैदेशिक रोजगारी एवं अन्य कामका लागि विदेश गएर फर्कने यात्रुहबाटै नेपालमा अवैध सुन भित्रिने गरेको पाइएको भन्सार विभागले जनाएको छ ।

विभागले आइतबार एक सूचना प्रकाशित गर्दै विदेशबाट नेपाल आउने यात्रुलाई थाहै नदिई टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटरलगायतमा सुन लुकाउने गरिएको पाइएको उल्लेख गरेको छ । त्यस्तो सामान आफ्ना आफन्तसम्म पुर्‍याइदिन अनुरोध गर्ने गर्दा निर्दोष यात्रु फस्ने गरेको समेत पाइएको विभागले जनाएको छ ।

विभागले कुनै पनि परिचित वा अपरिचितले दिएको मालवस्तुमा अवैध वस्तु लुकाइएको सुनिश्चित नभएसम्म बोकेर नल्याउन विगभाले सबै यात्रुमा अनुरोध पनि गरेको छ । विभागले सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेशबारे स्मरण गराउँदै सो भन्दा बढी वस्तु नल्याउन समेत सबै यात्रुमा आह्वान गरेको छ ।

विभागका अनुसार यात्रुले विदेशबाट यी समान बोकेर ल्याउने र आफूलाई कानुनबारे जानकारी नभएको बयान दिने गरेका छन् । साथै अपरिचित व्यक्तिले ललाइफकाइ यस्ता सामान लैजाने भन्ने गरेको समेत बयान दिने गरेका छन् । विभागका अनुसार सुन तथा सुनका गहना, मोवाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ बढी मात्रामा आउने गरेका छन् ।

हेर्नुस् विभागको सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?