+
+

प्रदेश-१ लाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १९:३३

१३ मंसिर, काठमाडौं। मोहम्मद हुसेनको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू-१९ राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ ।

प्रदेश १ लाई पहिलो हार चखाएको लुम्बिनी अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । ५ खेल खेल्दा चार खेल जितेको लुम्बिनीको ८ अंक छ । यसअघि लगातार तीन खेल जितेको प्रदेश १ भने ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।

लुम्बिनीले अब प्रदेश २ सँग खेल्न बाँकी छ । उक्त खेल जितेमा लुम्बिनी फाइनल पुग्नेछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा १०७ रनको लक्ष्य लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीको लागि विशाल विक्रम केसीले सर्वाधिक २६ रन जोडे । कप्तान देव खनालले २५, वासिर अहमदले २४, विराट भण्डारीले १६ तथा आकाश त्रिपाठी १३ रन जोडे ।

प्रदेश १ का दिपेश कँडेलले २ तथा गौरव कटुवाल र लभ कामतले १-१ विकेट हात पारे ।

त्यसअघि स हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाएको थियो ।

प्रदेश-१ का लागि गौरव कटुवालले सर्वाधिक १९, दिपक जोशीले १८ र राकेश शाहले १३ बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश-१ लाई अलआउट गर्न लुम्बिनीका मोहम्मद हुसेनले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै वासिर अहमदले ३ तथा दुर्गेश गुप्ताले २ विकट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?