+
+

१० सचिवको सरुवा, को कुन मन्त्रालयमा पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २०:०३

१३ मंसिर, काठमाडौं । सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ । निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवा गरिएको छ । त्यस्तै वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदी पठाइएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने पठाइएका छन् । त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंह सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् भने जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाल शहरी विकासमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?