
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउनका लागि आयातमा थप कडाइ गरेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि सोमबार साझ एकीकृत निर्देशन जारी गर्दै आयातमा थप कडाइ गरेको छ भने गैर आवासयी नेपालीले विदेशी मुद्रामा नेपालमा खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार चाँदी आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको अन्य विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था हुनेछ । चाँदी ब्यवसायीले आफ्नै लागि गरगहना बनाइ बिक्री गर्न, हस्तकलालागयतका सामान बनाइ बिक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ ।
डकुमेन् एगेन्स पेमेन्टको आधारमा दिइने सुविधा (डिएपी) अन्तर्गत आयात गर्न सकिने सीमालाई पनि राष्ट्र बैंकले ५० प्रतिशतले घटाएको छ । हाल १ लाख अमेरिकी डलरबाट ५० हजार अमेरिकी डलरमा झारेको झारेको हो ।
राष्ट्र बैंकको यो निर्देशनपछि गैर आवासीय नेपालीहरुले अब नेपाली बैंकमा विदेशी मुद्रामा नेपालमा खाता खोल्न सक्ने भएका छन् ।
एनआरएनले न्यूनतम ५ हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैर आवासी नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सक्ने राष्ट्र बैंकले बताएको छ । गैर आवासी नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकराको सम्बन्धित निकायबाट जारी भएको गैर आवासी नेपाली नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । यस्तो खातामा नगद भने जम्मा नहुने राष्ट्र बैंकले बताएको छ ।
बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सक्ने राष्ट्र बैंकले बताएको छ । विदेशी मुद्रा सञ्चितिलाई सहयोग पुगोस भनेर राष्ट्र बैंकले यो व्यवस्था गरेको हो । पछिल्लो समय आयात एकदमै धेरै बढ्दा राष्ट्र बैंकमा विदेशी मुद्राको अभाव हुने खतरा छ ।
प्रतिक्रिया 4