+
+

कांग्रेसको बर्दिया सभापतिमा संस्थापन समूहका राठौर विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १२:५०

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा राठौरले भुवनेश्वर चौधरीलाई पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा एक हजार ५७८ मत खसेकामा सभापतिमा विजयी राठौरले ८८० मत प्राप्त गरेका हुन् । उनी संस्थापन समूहबाट उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी चौधरीले ६७८ मत पाएका हुन् । चौधरी संस्थापनइतर समूहका उम्मेदवार हुन् । उनी लुम्बिनी प्रदेश सभाका सांसद पनि हुन् ।

पदाधिकारीसहित कार्यसमितिमा राठौर प्यानल विजयी भएको समितिले जनाएको छ । उपसभापतिमा सोदे विष्ट र गोविन्दप्रसाद थारू, सचिवमा मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् भने दुई सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ विजयी भएका छन् ।

जिल्ला अधिवेशनको परिणामले दुई कार्यकाल जिल्ला सभापति रहेका संस्थापनइतर समूहका नेता सञ्जय गौतम कमजोर देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?